‘राजधानी कुनै हालतमा सार्न दिन्नौं, प्रदेशको नाम पनि सच्याऊ’

कैलाली, असोज १० । सात नम्बर प्रदेशको राजधानीको नामाङ्कनका विषयलाई धनगढीमा आन्दोलन सुरु भएको छ ।

संसदीय समितिले तयार पारेको प्रतिवेदनमा प्रदेशको राजधानी गोदावरी र प्रदेशको नाम सुदूरपश्चिम राख्न सुझाव दिएसंगै असन्तुष्टि जनाउँदै धनगढीवासीले प्रदेश सभाको बैठक चलिरहेका बेला प्रदेशको संसद भवन घेराउ गरेका छन्।

याे पनि पढ्नुस  प्रदेश नं ७ काे बजेटमा सत्तापक्षकै सांसदद्वारा असन्तुष्टि व्यक्त

उक्त प्रतिवेदन सोमबारको प्रदेशसभा बैठकमा पेश गरिएसंगै प्रदेशका विभिन्न क्षेत्रबाट विरोध सुरु भएको छ । धनगढीवासीले सिमांकन र नामांकनमा हेरफेर नगरिए माग पूरा नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

उनीहरुले धनगढीबाट कुनैपनि हालतमा राजधानी सार्न नमिल्ने र प्रदेशको नामाकरण पनि सच्याउन माग गरेका छन्।

कमेन्ट गर्नुहोस्