पोखरामा श्रेयाका हत्यारालाई कडा कारबाही माग गर्दै प्रदर्शनमा

पोखरा असोज १० । सोमबार पोखरा २२ पुम्दी भुम्दीकी १० वर्षीया श्रेया सुनार घरबाट ५ मिनेट टाढा रहेको पसलमा बिस्कुट किनेर आउँछु भनी निस्किएकी मंगलबार घरनजिकैको झाडीमा मृत अवस्था अवस्थामा फेला परेकी थिइन् ।

मृतकलाई स्थानीयले पोष्टमार्टम पुर्याए । पोष्टमार्टमका रिपोर्टअनुसार– उनको बलात्कारपछि हत्या भएको खुलासा भएको छ ।

याे पनि पढ्नुस  सन्दीपलाई पोखरामा भव्य स्वागत गरिदैं

कास्की जिल्ला पोखरामा १० वर्षीया श्रेया हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । बलात्कारीलाई फाँसी दे, भन्ने नारासहित उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएका छन।

बलात्कारपछि उनको हत्या गरेको अभियोगमा सोही ठाउँका २७ वर्षीय कुसुम पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

याे पनि पढ्नुस  ८८ हजार साधुसन्त र भक्तजनको महामिलन हुँदै

हेर्नुहोस् केही झलकहरु–

 

कमेन्ट गर्नुहोस्