गृहमन्त्री थापाले खोले बलात्कारका घटना बढ्नुको रहस्य

काठमाडौं, गृहमन्त्री राम बहादुर थापाले देशमा बलात्कारका घटना बढ्नुमा तीनवटा मुख्य कारण रहेको बताएका छन्  ।

संसदको राज्य व्यवस्था समितिमा आज सम्बोधन गर्दै गृहमन्त्रीले नेपाली समाजको विकास चरणको चर्चा गर्दै बलात्कारका कारणहरु बारे चर्चा गरेका हुन ।

गृहमन्त्री थापाले महिलालाई नाफा कमाउने मालसामानका रूपमा  प्रयोग गर्ने उपभोक्तावादी संस्कृति बढ्नले यौन अराजकता बढाएको जिकिर गरे । उनले बलात्कार बढ्नुमा पुँजीवादी मान्इता अराजकरुपमा देखा परेको दावी गरे । पछिल्लो समय देशभरि बढिरहेका बालिका बलात्कार र हत्याका घटनाबारे छलफल गर्न समितिले गृहमन्त्रीलाई समितिमा बोलाएको थियो ।

याे पनि पढ्नुस  लखेट्दै लगेर बलात्कार !

‘बलात्कारको सामाजिक र आर्थिक कारण पनि हेर्नुपर्छ। सबैभन्दा धेरै बलात्कार अमेरिकामा हुन्छ। त्यो पुँजीवादले जन्माएको हो,’ गृहमन्त्री थापाले भने,ुपुँजीवादले नाफा कमाउने मालको रूपमा महिलाको प्रयोग गर्छ। दिदीबहिनीलाई बस्तुका रूपमा प्रयोग गर्छ। महिलालाई यौनतृप्तिको साधन बनाउने काम पुँजीवादले गरेको हो।ु

यसैगरी नेपालमा मदिराको अर अनियन्त्रित बिक्री वितरण र सेवनले पनि बलात्कारका घटनामा मलजल गरेको उनले बताए । ुमदिराजन्य सामग्रीबाट एकातिर ४०र४५ अर्बको राजश्व उठ्छ तर अर्कातिर खर्बौं खर्च हुन्छ। मदिरा नियन्त्रण गर्न उद्योग मन्त्रालय पनि सकारात्मक छ। हामीले त्यतातिर सोच्नुपर्छ,ु थापाले भने,ुमदिरा लिमिटमा खाए औषधि  हो बढी खाए विष हो।ु

याे पनि पढ्नुस  डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

उनले इन्टरनेटमा पाइने अश्लील सामग्रीका कारण पनि बलात्कार बढेको उल्लेख गर्दै त्यसलाई रोक्नु जायज भएको दाबी गरे। गृह मन्त्रालयले केही दिनअघिमात्र पोर्न साइट बन्द गर्न निर्देशन दिएको थियो।

गृहमन्त्री थापाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा छिटै पक्राउ पर्ने दाबी पनि गरे। निर्मलाको हत्या भएको दुई महिनासम्म पनि घटनामा संलग्न पक्राउ परेका छैनन्।

याे पनि पढ्नुस  कुनै आशंका नगर्नुस् निर्मलाका हत्यारा पक्राउ पर्छन्ः सांसद बस्नेत

केही घटनालाई राजनीतिकरण गरिएको भन्दै थापाले असन्तुष्टि पोखे।

ुअपराधलाई राजनीतिकरण गर्नु हुन्न। अपराध रोक्नु हामी सबैको दायित्व हो,ु गृहमन्त्री थापाले भने।

कमेन्ट गर्नुहोस्