पाकिस्तान बंगलादेशसँग पराजित, उपाधिका लागि को-को भिड्दै ?

काठमाडौं, असोज ११ । यूएइमा जारी एसिया कप क्रिकेटमा बुधबार राती भएको खेलमा पाकिस्तान बंगलादेशसँग पराजित भएको छ । यो सँगै फाइनलमा भारतसँग भिड्ने पाकिस्तानको सपना समाप्त भएको छ ।

 

अब उपाधिका लागि भोलि (शुक्रबार) भारत र बंगलादेश भिड्ने भएका छन् । पाकिस्तानलाई ३७ रनले पराजित गर्दै बंगालदेशले भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

याे पनि पढ्नुस  पूर्वक्रिकेटर इमरान खानले लिए प्रधानमन्त्रीको शपथ

 

पहिला ब्याटिङ गरेको बंगलादेशका लागि मुस्फिकुर रहीमले ९९ तथा मोहम्मद मिथुनले ६० रनको उत्कृष्ट पारी खेले पछि पाकिस्तानलाई २४० रनको लक्ष्य दिएको थियो । यो संगै बंगलादेशले अहिले सम्म उपाधि जित्न नसके पनि तेस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

याे पनि पढ्नुस  नोवेल पुरस्कार विजेता मलाला, छ वर्षपछि गृहनगर पुग्दा

 

पाकिस्तानले लक्ष्य पछ्याउने क्रममा ९ विकेट गुमाउँदै २०२ रनमा रोकिएको थियो । पाकिस्तानका आलगि इमाम उल हकले ८३ रन बनाएका थिए । बंगलादेशका मुस्ताफीजुर रहेमानले ४ विकेट लिएका थिए ।

कमेन्ट गर्नुहोस्