यौन दुर्व्यवहार गरेको आरोपमा हाँस्यकलाकार कोस्बीलाई १० वर्ष जेल सजाय

न्युयोर्क, असोज ११ । अमेरिकाको पेन्सिलभेनिया स्थित अदालतले यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएपछि प्रख्यात हाँस्यकलाकार बिल कोस्बीलाई १० वर्षको जेल सजाय सुनाएको छ ।

फैसला पछि उनलाई हथकडी लगाएर मोन्ट्गोमेरी काउन्टी सुधार गृहमा लगिएको छ ।

फैसलापछि ८१ वर्षीय कोस्बी यौन हिंस्रकको दर्जामा परेका छन् ।

याे पनि पढ्नुस  राष्ट्रपति ट्रम्पका पूर्व प्रमुख रणनीतिकार ब्याननलाई जुरीसमक्ष वयान दिन निर्देशन

गत अप्रिलमा भएको पुनर्सुनुवाईमा कोस्बी तीनवटा यौन दुर्व्यवहारको घटनामा दोषी ठहर भएका थिए । उनलाई २५ हजार डलर जरिवाना पनि गरिएको छ । कोस्बीका वकिलले उनको जेल सजायलाई घरमै नजरबन्दको परिणत गर्न आग्रह गरेका छन् ।

गत अप्रिलमा दोषी ठहर भएपछि उनलाई नजरबन्दमै राखिएको थियो ।

याे पनि पढ्नुस  शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा, वार्ता निर्धारित समयमा हुने राष्ट्रपति ट्रम्पको स्पष्टोक्ति

सन् १९८० को दशकमा ‘कोस्बी शो’ सुरु गरेपछि उनी घर–घरमा लोकप्रिय भएका थिए । उनलाई ‘अमेरिकाका पिता’ नामले पनि चिनिन्थ्यो ।

एजेन्सी सहयोगबाट

कमेन्ट गर्नुहोस्