जाँड खानकै लागि यसरी तँछाडमछाड गर्दै नेवारी महिला (फोटोफिचर)

काठमाडौँ असोज ११ । बुधबार राति बसन्तपुरमा इन्द्रजात्राको छैठौं दिन श्वेत भैरवको मुखमा राखिएको पाइपबाट बगेको जाँड खान प्रसादको रुपमा जाँड महिलाहरुले मात्र ग्रहण गरेका छन् । बुधबार राति महिलाहरुले मात्रै ग्रहण गर्ने चलन भएको अनुसार महिलाहरु तँछाडमछाड गरेका हुन् ।

इन्द्र जात्राको छैटौँ दिन भैरवको पछाडि ‘तेप’ भन्ने ध्याम्पोमा राखिएको जाँड पाइपबाट मुखमा ल्याइएको हुन्छ ।

याे पनि पढ्नुस  विदेशी कलाकारद्वारा वसन्तपुरमा कला सिर्जना

८ दिनसम्म मनाइने यो जात्रामा हनुमानढोकामा रहेको श्वेत भैरवको विशाल मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसादको रुपमा जाँड बगाइन्छ । यही जाँडलाई प्रसादका रुपमा खाने प्रचलन रहेको छ । यो प्रसाद खाएमा निरोगी हुने विश्वास छ।

पहिले यो जाँड पुरुषहरुले मात्रै खाने प्रचलन थियो। पाँच वर्ष अधिबाट महिलालाई पनि एक दिन विशेष दिका रुपमा छुट्टाएर खुवाउने प्रचलन सुरु गरिएको हो। पाँच वर्षअघि ‘श्री श्वेत भैरव हाथा हायकेगु व्यवस्थापन समिति’ ले यो परम्परा सुरु गरेको हो ।

याे पनि पढ्नुस  एेतिहासिक दरबार भत्काउन गिरोह सक्रिय

समितिकी सचिव ज्योत्सना सिन्दुराकारले महिला र पुरुषलाई समान व्यवहार गर्नका लागि यस्तो परम्परा सुरु गरेको बताइन् ।

बुधबार राति जाँड खानकै लागि यसरी तँछाडमछाड गर्दै महिलाहरु हेर्नुहोस् केही झलकहरु-

 

 

 

 

नेपालखबरबाट

कमेन्ट गर्नुहोस्