प्रतिनिधि सभाको अन्तिम बैठक [LIVE]

काठमाडौं, असोज ११ ।

संघीय संसद्को दोस्रो अधिवेशन आजबाट अन्त्य हुँदै छ । आज दिउसो एक बजे बस्ने प्रतिनिधि सभा बैठक र दुई बजे बस्ने राष्ट्रिय सभा बैठकमा अधिवेशन अन्त्यको घोषणा हुने छ । प्रतिनिधि सभाको आजको बैठकमा दलका शिर्ष नेताहरुले सम्वोधन गर्ने कार्यसूचि राखिएको छ ।

याे पनि पढ्नुस  अबदेखि प्रधानमन्त्री, मन्त्रीलाई सांसदले प्रत्यक्ष प्रश्न सोध्न पाउने

गत बैशाख २३ गतेबाट शुरु भएको अधिवेशन करिव पाँच महिनामा अन्त्य हुन लागेको हो । संसदको दोस्रो अधिवेशनले बजेट पारित, मौलिक हकसम्बन्धी कानुन निर्माण गरेपनि नागरिकता संशोधन, चिकित्सा शिक्षा, लेखापरीक्षण, भुक्तानी तथा फछ्र्योट, बिमासम्बन्धी महत्वपूर्ण विधेयक भने अलपत्र पर्ने भएका छन् ।

याे पनि पढ्नुस  कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

कमेन्ट गर्नुहोस्