बजारमा कतिले घट्यो सुनको भाऊ ?

काठमाडौं, असोज १० । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।

बुधबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  यस्तो छ आइतबार सुनको भाऊ

बुधबार तेजावी सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बिहीबार बजारमा चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७३० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७३० रुपैयाँमा नै कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्