शान्ति सुरक्षाको अवस्था खस्कियो : नेता गच्छदार

काठमाडौँ, असोज ११ । संघीय संसद्, प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले ७ महिनामा देशको शान्ति सुरक्षाको अवस्था खस्किएको आरोप लगाए ।

नेता गच्छदारले प्रतिपक्ष दलका नेताको हैसियतले बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना बढेको तथा अपराधीलाई पक्राउ गरी कारवाही गर्न नसकेको भ्रष्टाचारीहरु पुरस्कृत हुँदै गएको बताए ।

याे पनि पढ्नुस  ‘केन्द्रीय सदस्यहरुको नाम छिट्टै सार्वजनिक गर्छु’

नेता गच्छदारले गृहमन्त्रीले समितिको बैठकमा हत्या, हिंसा र बलात्कारको घटना पहिले पनि हुन्थे भन्नु र प्रधानमन्त्रीले पार्टीको एक कार्यक्रममा पार्टीका कार्यकर्तालाई विरोधीमाथि अरिङ्गालो झँै जाइलाग्नु भन्ने अभिव्यक्ति गैरसंसदीय अभ्यास भएको आरोप लगाए ।

प्रतिपक्षलाई विरोधका आँखाले हेर्नु लोकतन्त्र होइन भन्दै उनले विरोधीलाई पनि सहमति, सहकार्य र एकतामा गोलबद्ध बनाउन सके मात्र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सङ्कल्प पूरा हुने बताए ।

याे पनि पढ्नुस  ललिता निवास जग्गा प्रकरणमा गच्छदार पनि तानिए

उनले ‘सरकार गतिशील हुन नसकेको भन्दै संविधान कार्यान्वयनको दिशामा सरकार अल्झिनु महँगी नियन्त्रण गर्न नसक्नु तथा जथाभावी कर बढाउनुले संविधान कमजोर बन्दै गएको छ’ भने । नेता गच्छदारले सरकार सङ्घीयता कार्यान्वयन गर्ने भन्दापनि विफल बनाउन लागेको आरोप लगाए । रासस

कमेन्ट गर्नुहोस्