धनगढीका मेयर विरुद्ध सांसदहरुको उजुरी

धनगढी, असोज ११ । ७ नं. प्रदेशको राजधानी धनगढीबाट सार्ने प्रस्तावपछि भएको आन्दोलनमा प्रदेश सरकार र सांसदहरुलाई धनगढी छोड्न अल्टिमेटम दिएका उप–महानगरपालिकाका मेयर नृप ओड विरुद्ध सासंदहरुले नै उजुरी हालेका छन् ।

मेयर ओडले धनगढी बाहिर राजधानी लैजाने सांसदलाई धनगढीमा वस्ने अधिकार नभएको भन्दै २४ घण्टामा धनगढी छोड्न चेतावनी दिएका थिए । उनले यो ठाउँ नछोडेमा वा निर्णय नसच्याएमा सांसद बस्ने ठाउँमा गएर आगो लगाउन पनि पछि नहट्ने बताएका थिए ।

याे पनि पढ्नुस  सुदूरपश्चिममा बाघ र हात्तीले पार्टी प्रवेश गरेपछि...

मेयरको अभिव्यक्ति गैर जिम्मेवार भएको भन्दै प्रदेशसभा सदस्यहरुले नै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । प्रदेश सभा सदस्यहरु हर्क वहादुर कुँवर, लिलाधर भट्ट, नन्दबहादुर साउँद, देवकी मल्ल, अक्कलबहादुर रावल, कृष्ण सुवेदी र गेल्वुसिह बोहराले मेयर विरुद्ध उजुरी हालेका हुन् ।

याे पनि पढ्नुस  दफावार छलफलका लागि जनप्रतिनिधिको सुविधा सम्बन्धी विधेयक संसदीय समितिमा

उजुरीमा दंगा भड्काउने अभिव्यत्ति दिएकाले कानुनी कारवाहीको माग गरिएको छ। मेयर ओडले आक्रोशमा गलत शब्द बोलेको स्वीकार गरिसकेका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मेयर ओडले आक्रोशमा गलत शब्द बोलेको बताएका हुन् ।

प्रदेश ७ को राजधानी गोदावरीको जंगलमा सार्न भूमाफियाको पनि संग्लना रहेको आरोप मेयर ओडले लगाउँदै आएका छन् ।

याे पनि पढ्नुस  धनगढीमा श्रीकृष्ण जन्माष्टमी

दिनेशखबरबाट साभार

कमेन्ट गर्नुहोस्