सरकारसँग वार्ताको औचित्य छैन– विप्लव

काठमाडौं, सरकारले असन्तुष्ट बिभिन्न राजनीतिक तथा अन्य समूहसँग वार्ता गर्न औपचारिक समिति गठन गरेपनि नेत बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने वार्ता अर्थहीन रहेको टिप्पणी गरेको छ ।

विप्लवका प्रवक्ता प्रकाण्डले सरकार दमनमा उत्रेको भन्दै वार्ताको औचित्य नभएको बताएका हुन ।

सरकारले तराईका सशस्त्र समूहलगायत विप्लव समूहसँग वार्ता गर्न उच्चस्तरीय समिति गठन गरेको छ । समिति गठनसँगै विप्लव समूहका प्रवक्ता प्रकाण्ड रिहा भएका थिए ।

याे पनि पढ्नुस  विप्लव समूहसँग वार्ता गर्न तीन सम्पर्क सूत्र

विविसीमा प्रकाशित समाचारमा उक्त पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीले भनेका छन– ‘हाम्रा थुप्रै साथीहरूलाई विभिन्न अपराधका आरोपमा समातिरहेको छ। त्यसकारण बाहिर एकथरी र भित्र दमन गर्ने नीति लिने सरकारसँग वार्ताको औचित्य छैन’

ओलीले अगाडि भनेका छन, ‘उहाँहरू कसरी नमिल्ने र द्वन्द्व चर्काउने भन्नेतिर अगाडि बढिरहेनु भएको छ। हामीले सबै हिसाब गरिरहेका छौं। जस्तै हाम्रा प्रवक्तालाई कहिले काठमाण्डौं कहिले काभ्रेपलाञ्चोक त कहिले नुवाकोट लगेको छ। हाम्रा थुप्रै साथीहरूलाई विभिन्न अपराधका आरोपमा समातिरहेको छ। त्यसकारण बाहिर एकथरी र भित्र दमन गर्ने नीति लिने सरकारसँग वार्ताको औचित्य छैन।”

याे पनि पढ्नुस  प्रहरीले सार्वजनिक गर्यो विप्लवका कार्यकर्ता

सरकारले गठन गरेको वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे रहेका छन् । उक्त टोलीले असन्तुष्ट पक्षको पहिचान गरी सबैलाई औपचारिकरुपमा नै वार्तामा बोलाउन खोजेको बताएको छ ।

अहिले पनि विप्लवलगायत कतिपय समूहहरु बिभिन्न उद्दे्रश्यका साथ संघर्षमा छन् । यद्यपी विप्लवले भने अहिले नै हतियारबद्ध संघर्षको उठान गरेको छैन । तराईमा भने बिभिन्न उद्देश्य नखुलेका कतिपय समूहहरु सक्रिय रहेको पाइन्छ ।

कमेन्ट गर्नुहोस्