राजधानीका विषयमा अमर्यादित अभिव्यक्ति दिए कारवाही हुने

धनगढी, असोज १२ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले प्रदेशको राजधानी र नामाकरणलाई लिएर सामाजिक सन्जालमा अमर्यादित अभिव्यक्ति आइरहेकाले कारवाहीको चेतावनी दिएको छ।

प्रशासनले आज सुचना जारी गर्दै राजधानी र नामाकरणमा असन्तुष्टि जनाउँदै समाजिक सन्जालमा अमर्यादित अभिव्यक्ति आए कारवाही गर्ने चेतावनी दिएको हो। प्रशासनले विद्युतीय करोवार ऐन २०६३ अनुसार कारवाही गर्ने चेतावनी दिएको छ।

याे पनि पढ्नुस  धनगढी गोली काण्डः प्रहरी नियन्त्रणमा रहेका दुई जना हाजिर हुने गरी छाडिए

कमेन्ट गर्नुहोस्