सार्क सक्रिय बनाउने नेपालको पहल किन ‘नतिजाविहीन’

काठमाडौं, असोज १२ । प्रधानमन्त्री केपी ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क सक्रिय बनेको नेपालले देख्न चाहेको बताएका छन् ।

मुलभूतरूपमा भारत र पाकिस्तानबीचको आपसी द्वन्द्वका कारण आठ देशहरूको सो क्षेत्रीय सहयोग संगठन केही वर्षयता निष्क्रिय जस्तो देखिएका बेला प्रधानमन्त्री ओलीले राष्ट्रस‌घंको महासभा जस्तो अन्तर्राष्ट्रिय मञ्चबाट उक्त धारणा राखेका हुन् ।

याे पनि पढ्नुस  भारतीय मिडियामा यस कारण भयो नेपालको चर्चा, दक्षिण एसियामै पहिलोपल्ट सुरु भयो यो सेवा

संयुक्त राष्ट्र स‌ंघको मुख्यालय न्यूयोर्कमा स्थानीय समय अनुसार बिहीवार साँझ महासभालाई सम्बोधन गर्दै ओलीले सार्कलाई महत्त्वपूर्ण क्षेत्रीय स‌ंगठनका रूपमा नेपालले हेरेको बताए।

सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको बैठक पनि बिहीबारै आयोजना गरेका छन्। बीबीसीबाट

कमेन्ट गर्नुहोस्