चितवनसम्मै ग्यास र पेट्रोलियम पाइपलाइन ल्याउन भारत सहमत

काठमाडौं, असोज १२ । नेपाल र भारतबीच नेपालको चितवनसम्म ग्यास पाइपलाइन निर्माण गर्नेसम्बन्धी महत्वपूर्ण सहमति भएको छ।

शुक्रबार काठमाडौंमा बसेको दुई देशबीचको ‘जोइन्ट वर्किङ ग्रुप’ को बैठकले चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने सहमतिसमेत गरेको छ।

भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र नेपालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवबीचको बैठकले उक्त सहमति गरेको हो ।

याे पनि पढ्नुस  नेपाल र भारतबीच अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता

त्यस्तै, नेपालमा प्राकृतिक ग्यासको पाइपलाइन भैरहवासम्म विस्तार गर्ने सम्बन्धमा पनि दुई पक्षबीच सहमति जुटेको छ।

ग्यास पाइपलाइनका सम्बन्धमा भएको यो पहिलो सहमति हो भने पेट्रोलियम पाइपलाइनका सम्बन्धमा हाल अमलेखगञ्जसम्म निर्माणाधीन पाइपलाइनलाई चितवनसम्म ल्याउने सहमति जुटेको हो । प्राकृतिक ग्यासको सम्बन्धमा हाल भारतको गोरखपुरमा यस्तो प्लान्ट छ, त्यसलाई पाइपलाइनबाट भैरहवासम्म ल्याउने सहमति भएको हो । यसको लागत र अन्य विषयमा भने थप सहमति जुट्न बाँकी छ।

कमेन्ट गर्नुहोस्