उपराष्ट्रपति पुन स्वागत समारोहमा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन जनगणतन्त्र चीन स्थापनाको ६९औं वार्षिकोत्सवका अवसरमा आज साँझ राजधानीमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

 

नेपालका लागि चीनका राजदूत यू होङले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सङ्घीय संसद्का सदस्य, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, उद्योगपति, व्यापारी, कामका सिलसिलामा काठमाडौँमा रहेका चिनियाँ नागरिकका साथै सञ्चारकर्मीको उपस्थिति थियो ।

याे पनि पढ्नुस  नेपाल  र चीनकाे संयुक्त वक्तव्य- ‘रेलमार्ग सम्झौता दुई देश सहकार्यको इतिहासमा अर्थपूर्ण’

 

समारोहमा राजदूत यूले बितेका ६९ वर्षमा चीनले सामाजिक र आर्थिक विकासमा फड्को मारेको चर्चा गर्दै नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६३ वर्षको अन्तरालमा दुई देश बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए। -रासस

कमेन्ट गर्नुहोस्