मेलम्ची– थाङपालधापको ठेक्का प्रक्रिया शुरु

मेलम्ची, १३ असोज (रासस) ः सिन्धुपाल्चोकको मेलम्ची– थाङपालधाप सडकको ठेक्का प्रक्रिया शुरु भएको छ । पन्ध्र किलोमिटर सडकखण्डका लागि रु ६४ करोड बजेट विनियोजन गरिएको छ । रकम विनियोजन भएसँगै डिभिजन सडक कार्यालय चरिकोटले ठेक्का प्रक्रिया अगाडि बढाएको हो ।

याे पनि पढ्नुस  बस दुर्घटनामा तीनको मृत्यु, नौ घाइते

वहुवर्षीय योजनाअन्तर्गत मेलम्चीदेखि धापसम्मको सडकखण्ड फराकिलो पारी स्तरोन्नति गरिने डिभिजन सडक कार्यालयले जनाएको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङले पाँचपोखरी क्षेत्रको मेलम्ची–भोताङ मोटरबाटो मेरुदण्ड जस्तै भएको र सो सडक निर्माणका लागि बहुवर्षीय योजनाका रुपमा बजेट विनियोजन गरिएको बताउनुभयो ।

याे पनि पढ्नुस  मुडे बजारमा हिल स्टेशन बन्ने

उहाँले धाप–भोताङ सडकखण्डका लागि बजेट व्यवस्थापन गर्ने, मेलम्ची, केउरिनी, बाँसखर्क, बरुवा, याङ्री सडकको बजेट थप गर्ने, दुवाचौर, बाँसखर्क, बरुवा सडकको बजेट थप गर्ने तथा पाँच पक्कीपुल र पाँचपोखरी केबलकार निर्माणका लागि पहल भइरहेको बताउनुभयो । वर्षात्को समयमा पैदल आवतजावत गर्नसमेत मुश्किल पर्ने सो सडकखण्डको स्तरोन्नति भए मेलम्ची नगरपालिकाको ज्यामिरे लगायत पाँचपोखरी थाङपाल गाउँपालिकाका करीब २० हजार बासिन्दालाई यातायातको सुविधा पुग्नेछ ।

याे पनि पढ्नुस  मेलम्ची खानेपानीको सुरुङ खन्ने काम अब १२०० मिटर मात्र बाँकी

कमेन्ट गर्नुहोस्