नेपाली फुटबलमा नयाँ अध्याय शुरु भयोः मन्त्री विश्वकर्मा

काठमाडौं, असोज १४ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली फुटबल क्षेत्रमा नयाँ युग शुरु भएको बताएका छन् । शनिबारदेखि शुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले लामो

 

समयदेखि लिग नहुँदा नेपाली फुटबलको स्तर खस्किएको र लिगले नयाँ नयाँ युवा खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपालको खेल क्षेत्रको विकास र समृद्धिका लागि सरकार तयार छ, स्पष्ट योजनाका साथ अगाडि बढ्नुस्, सरकार एन्फालाई सहयोग गर्न तयार छ ।’

याे पनि पढ्नुस  मेसी र सुआरेजको गोलमा बार्सिलोनाको जित

 

खेलकूदका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै उनले पछिल्ला दिनमा वर्षौदेखि समाधान हुन नसकेका केही महत्वपूर्ण समस्या समाधान गर्न सफल भएको उहाँको दाबी थियो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफू एन्फा अध्यक्ष हुनुअघि गरेको प्रतिबद्धताअनुरुप लिग सञ्चालन गर्न सफल भएको बताए ।

याे पनि पढ्नुस  आज भारत र पाकिस्तानबीच आईसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल खेल

उद्घाटन समारोहमा मन्त्री विश्वकर्माले शहीद स्मारक लिगको ट्रफी एन्फा अध्यक्षमार्फत लिग संयोजक शर्मालाई हस्तान्तरण गरे । उद्घाटन समारोहमा गायक योगेश्वर आमात्य, हास्य कलाकार जितु नेपाल, सुनिल थापालगायतले आ-आफ्नो प्रस्तुती प्रस्तुत देखाएका थिए । भने, नेपाल प्रहरीको ब्यान्डले जागरण गीतको धुन प्रस्तुत गरेको थियो । -रासस

कमेन्ट गर्नुहोस्