१३ लाख नगदसहित दोहाका नागरिक विमानस्थलमै पक्राउ

काठमाडौं, असोज १४ । नेपालबाट विदेशी मुद्रा तस्करी हुनु नौलो रहेन । तर शनिबार एकजना कतारका नागरिक नेपाली रूपैयाँ तस्करी गरिरहेको अवस्थामा विमानस्थलमा पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अपरान्ह १६ लाख २५ हजार नेपाली रुपैयाँ सहित एकजना कतारका नागरिक पक्राउ परेका हुन् ।

याे पनि पढ्नुस  त्रिभुवन विमानस्थल सफा बनाउन एनआरएनएले गर्यो सम्झौता

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतार एयरको उडानमा दोहा जान लागेका कतारका नागरिक वर्ष ३९ का मोहमद इसा मट सकुर्तीको साथबाट नेपाली रुपैयाँ बरामद भएको हो ।

कतारको राहदानी नम्बर ०१४३५८९३ रहेका सकुर्तीको साथमा रहेको कालो हेन्ड व्यागको चेकजाँचमा रकम बरामद भएको हो । प्रहरीका अनुसार होल्ड व्यागेज एक्सरे चेकिङमा रकम नगद परेपछि उनलाई विमानस्थल सुरक्षा गार्ड कार्यालयमा राखिएको छ ।

याे पनि पढ्नुस  सन्दीपलाई स्वागत गर्न विमानस्थलमा खेलप्रेमीको ठूलो भीड

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्