शौचका लागि खेततिर गएकी युवतीको भेटियो लास, सामुहिक बलात्कारको आशंका

नयाँ दिल्ली, असोज १४ । भारतको बरेली सहरमा एउटा युवतीको गोली हानी हत्या गरिएपछि उनीमाथि सामुहिक बलात्कार गरिएको हुनसक्ने आशंका गर्न थालिएको छ ।

बरेली जिल्लाको अलीगंज थाना क्षेत्रमा रहेको कोदो बारीमा ती युवतीको शव भेट्टिए पछि उनीसँग सामुहिक बलात्कार भएको आशंका गरिएको छ । प्रहरीले भने पोस्टमार्टमपछि मात्र यो बलात्कारपछि हत्याको मामिला हो या होइन भन्न सकिने बताएको छ । हाल अज्ञात रेहका हत्याराहरू विरुद्ध मुद्दा दायर गरिएको बताइएको छ ।

याे पनि पढ्नुस  बाख्रालाई बचाउन बाघसँग भिड्ने महिलाले घाइते अवस्था मै लिइन् सेल्फी

भारतीय मिडियामा आएको समाचार अनुसार यहाँको नैनी भन्ने गाउँकी २३ वर्षीय ती युवती शनिबार बिहान करीब दश बजेतिर शौच गर्न घरबाट निस्केकी थिइन् । एक घण्टासम्म पनि ती युवती नफर्किएपछि आफन्तहरूले उनको खोजी सुरु गएको र लगभग २ बजेतिर गाउँभन्दा एक किलोमिटर टाढा रहेको खेतमा उनको शव प्राप्त भएको थियो । प्रहरीका अनुसार युवतीको पेटमा गोली हानिएको थियो ।

याे पनि पढ्नुस  अन्तराष्ट्रिय स्वर्ण पदक विजेता पूनममाथि भारतमा आक्रमण

घटनास्थलको अवस्था हेर्दा आक्रमणमा कमसे कम दुई जना संलग्न रहेको र घटनाको क्रममा निकै संघर्ष भएको हुनसक्ने प्रत्यक्षदर्शी रहेको बताएका छन् । धेरैले यसमा सामुहिक बलात्कारको आशंका गर्ने ठाउँ रहेको भनेका छन् । उता प्रहरीले आफन्तहरूको उजुरीमा ह्त्याराहरू विरुद्ध मुद्दा दायर गरेको छ । परिवारजनले आफ्नो कसैसँग कुनै पनि प्रकारको दुस्मनी रहेको कुरामा असहमति जनाएका छन् ।

याे पनि पढ्नुस  भारतमा भोकमरी कहालीलाग्दाे, उत्तर कोरियाभन्दा नाजुक !

भारतमा बलात्कारपछि हत्या र नाबालिकसंग बलात्कारको मुद्दामा मृत्युदण्डसम्मको व्यवस्था गरेको छ तर त्यसका बावजुद त्यहाँ यस्ता घटनाहरू आमरूपमा हुने गरेका छन् ।

यस घटनामा युवती शौच गर्न घरबाहिर गएको देखिन्छ । भारतमा वर्तमान प्रधानमन्त्रीले प्रमुख प्राथमिकतामा राखेर संचालन गरेको स्वच्छ भारत अभियान संचालनमा छ त्यसका बावजुद त्यहाँ ठुलो जनसंख्या अहिले पनि खुलामा शौच गर्ने गर्दछ ।

 

कमेन्ट गर्नुहोस्