चिकित्सा शिक्षा विधेयक छिटो पारित हुन्छः मन्त्री पोखरेल

काठमाडौं, असोज १४ । बहुचर्चित एवम् बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयकलाई छिटो भन्दा छिटो पारित गराउन सरोकार निकायसँगको थप छलफललाई तिब्रता दिइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको पहलमा आज बसेको प्रतिनिधिसभा, स्वास्थ्य तथा शिक्षा समिति अन्तर्गतको उपसमितिले समितिको बैठकमा विधेयकलाई सर्वसम्मत रुपमा पारित गराउन थप छलफल भएको छ ।

 

मन्त्री पोखरेलले बैठकमा चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाको दोस्रो अधिवेशनबाट पारित गराउने तयारी हुँदा हुँदै पनि मौलिक अधिकार सम्बन्धी विधेयक पारित गराउनुपर्ने कारणले विधेयक पेश गर्न नसकिएको स्पष्ट पारे ।

याे पनि पढ्नुस  कम ग्रेड ल्याउने विद्यार्थीको भर्ना नीतिमा पुनःविचार हुन्छ– शिक्षामन्त्री

छिटो छिटो भन्दा विधेयक पेश गर्ने तयारी भएको बताउदैं छोटो समयमा महत्वपूर्ण ऐनहरु पास भएको स्मरण गराए । डाक्टर केसीले ‘ब्ल्याक मेलिङ’ गरेको झुटो आरोप आफूमाथि लगाएको बताउँदैं मन्त्री पोखरेलले पछिल्लो समय डाक्टर केसी र उनका टिमको कोही कसैंसँग सम्पर्क र संवाद नभएको स्पष्ट पारे।

 

विधेयकलाई आफूले तुरुन्तै अघि बढाउन पहल गरेको स्मरण गर्दै उनले सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई विधेयकका सन्र्दभमा धेरैं अनुरोध गरेको पनि बताए ।

याे पनि पढ्नुस  दक्षिण अमेरिकि राष्ट्र उच्च शिक्षा अध्ययनका लागि अनुपयुक्त

 

यसअघि सरकारले प्रमुख प्रतिपक्षीदल नेपाली काङग्रेसको सहमतिमा असोज ११ गते नै विधेयक पारित गराउने तयारी समेत गरेको थियो । सदनको दोस्रो अधिवेशनको अन्तीम सो दिन परेकाले विधेयक पेश हुन सकेन । अन्तीम दिन नयाँ विधेयक टेवल नगर्ने संसदीय अभ्यास रहको कारण विधेयक पेश हुन नसकेको हो ।

याे पनि पढ्नुस  बिभागीय प्रमुखलाई शिक्षा मन्त्रीले दिए कडा निर्देशन, पुरानै शैलीमा काम गरे सोझै कार्वाही

उपसमितिको आजको बैठकमा त्रिविवि उपकुलपति, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल मेडिकल काउन्सिलका पदाधिकारीसित विधेयकबारे राय लिएको थियो ।

 

बैंठकमा सांसद गगनकुमार थापाले विधेयकका बारेमा सरकारी धारणा परिवर्तन हुन नहुनेमा जोड दिँदै सदनको अधिवेशनको अन्तीम विधेयक प्राविधिक कारणले पेश हुन नसकेको बताए । सांसद खगराज अधिकारीले विधेयक सहमतिका आधारमा तयार भएको र सहमतिका आधारमा पारित हुने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्