सरकारले बन्द गर : यो १६ हजार बढी पोर्न साइट !

काठमाडौं, असोज १५ । सरकारले समाजमा यौन हिंसा र बलात्कार बढ्नुमा पोर्न साईटहरुको प्रयोग रहेको विश्लेषण गर्दै हालसम्म १६ हजारभन्दा बढी यस्ता सईटमाथि बन्देज लगाएको छ ।

 

सुचना तथा प्रविधि मन्त्रालयले यही असोज ५ गते देशमा बढ्दो बलात्कार र महिलाा हिंसाका घटना न्यूनीकरण गर्ने उदेश्यले यस्ता साइट पूर्णरुपमा बन्देज लगाउने निर्णय गरेको थियो ।

 

मुलुकी अपराध संहिता ऐन २०७२ को दफा १२१ लाई टेकेर अश्लील साइट बन्देज गर्न निर्देशन दिइएको हो । उक्त दफामा यौनजन्य अश्लील सामग्रीको अदानप्रदान प्रकाशन र प्रसारणमा बन्देज लगाईएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्