भ्रष्टाचार लुकाउन यातायातका कर्मचारीद्धारा फाइल नै गायब

पर्सा, असोज १५ । आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र लाइसेन्स वितरण गर्ने यातायात व्यवस्था कार्यालय पर्साका कर्मचारीले भ्रष्टाचार लुकाउन फाईल नै गायब बनाएका छन् ।

 

 

फाइल नष्ट गरे पनि उनीहरुले भ्रष्टाचार भने लुकाउन सकेनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुखसहित ५ कर्मचारीविरुद्ध प्रमाण लुकाएको अभियोगसमेत थपेर आईतबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

 

 

कार्यालयका प्रमुख उपसचिव विश्वराज नेपाल, शाखा अधिकृतहरु कमलराज गोतम, शालिग्राम पौडेल र उमेश रेग्मी तथा नायब सुब्ब अबिन्दर दासविरुद्ध मुद्धा दाय भएको हो । नयाँ पत्रिकामा खबर छ।

कमेन्ट गर्नुहोस्