अब मलेसिया निःशुल्क जाँन पाइने !

काठमाडौं, असोज १५ । अब नेपाली कामदार निःशुल्क रुपमा मलेसिया जान पाउने भएका छन् । नेपाल सरकारको प्रस्तावअनुासर कामदारलाई कुनै पनि आर्थिक भार नपार्ने गरी लैजान मलेसिया सरकार तयार भएसँगै नेपाली कामदारलाई मलेसिया झन् सहज बन्ने भएको हो ।

 

दुई देशबीच हुने भनिएको बहुप्रतीक्षित आपसी समझदारी एमओयु को मस्यौदामा सहमति जुटिसकेको छ । दुवै पक्षबीच विभिन्न चरणमा आदान-प्रदान तथा संशोधन भएको मस्यौदामा शुक्रबार मलेसियाको पुत्राजयमा सहमति भएको थियो ।

 

 

श्रमिकको छनौट प्रक्रियादेखि मलेसिया पुग्दासम्मको लागत र श्रमिकको सेवा सुविधाको विषयमा छलफल केन्द्रित कुमारराज खरेलले जानकारी दिए । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्