दाङमा ६८ वर्षीय हजुरबुवाद्वारा नातिनी बलात्कृत

दाङ, असोज १५ । नातिनीलाई बलात्कार गरेको आरोपमा दाङमा ६८ वर्षका हजुरबुबा पक्राउ परेका छन् । १२ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा वडा प्रहरी कार्यालय लमहीले हुजुर बुवालाई पक्राउ गरेको हो ।

 

 

‘आइतबार दिउँसो घटना भएको हो । हामीलाई जानकारी आयो । बेलुका पक्राउ गरेर ल्याएका छौं’ वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले भने ‘बालिकाको स्वास्थ्य परीक्षण भएको छ ।

 

 

सोमबार अदालतमा करणी मुद्दा दर्ता गरेर कारवाही प्रकृया अघि बढ्छ ।’हजुरबुवाले ललाई फकाई पहिलेदेखिनै बलात्कार गर्दै आएको बालिकाले प्रहरी समक्ष बयान दिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्