बजारमा सुनको मूल्य स्थिर, चाँदीको बढ्यो !

काठमाडौं, असोज १५ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

आइतबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार तेजावी सुन प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बजारमा सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, सोमबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

आइतबार बजारमा चाँदी प्रतितोला मूल्य ७३० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्