के छ चलचित्र ‘सुई धागा’ मा ?

अनुष्का शर्मा र वरुण धवन अभिनित चलचित्र ‘सुई धागा’ अहिले प्रदर्शनमा छ । नाम सुन्दा नै अनौठो लाग्ने यो चलचित्रमा अभिनय गर्ने क्रममा वरुण धवनले साँच्चिकै सियोले सिलाई गर्न सिकेको एक कार्यक्रममा बताएका थिए ।

आम मानिसको जीवनमा सम्बन्धित घटनाहरु समेटिएको छ चलचित्रमा । त्यसैपनि सुई धागोको जीन्दगीको अर्थ दिनरात मेहनतको जीवन भन्ने बुझिन्छ ।

चलचित्रमा वरुण धवन एउटा सिलाई गर्ने मानिसको भूमिकामा छन् । अनुस्का शर्मा उनकी श्रीमती हुन्छिन् । उनीहरुको हालैमात्र बिहे भएको हुन्छ ।

तर संयुक्त परिवारमा बस्ने उनीहरु नयाँ विवाहपछिको आनन्द उठाउन पाउँदैनन् । अर्कोतर्फ वरुण धवन अर्थात् मौजी नामका दर्जीलाई उनका बुवाले भने काम नलाग्ने निकम्मा सोच्छन् ।

जीन्दगी चलाउनका लागि स्वाभिमान दाउमा राखेर मालिककहाँ काम गर्ने मौजीको अवस्था देखेर उनकी श्रीमती (अनुष्का) ले आफ्नै स्वरोजगार सुरु गर्नुपर्ने सल्लाह दिन्छिन् । तर सामान्य प्रकृतिका मानिसलाई नयाँ व्यवसाय शुरु गर्नु त्यति सजिलो हुँदैन । त्यसमा घरका मानिसको अवरोध ।
तर निकै संघर्षपछि उनीहले घरबाहिर आफनै काम शुरु गर्ने अनुमति पाइन्छ । उनीहरु एउटा नयाँ संघर्षको यात्रामा निस्किन्छन् ।

सामान्य जस्तो लाग्ने कथाबस्तु भएपनि दर्शकलाई भावनात्मकरुपमा पुरै बाँध्न सफल छ चलचित्र । आफ्नो काम भनेको आफ्नै हुन्छ भन्ने कुरा प्रमाणित हुन्छ । दर्शकहरु त्यो संघर्षमा आफैलाई पाउँछन् । स्वाभिमानसँग छाक टार्न सुरु उनीहरुको संघर्षका बारेमा पुरै बुझ्न चलचित्र नै हेर्नुपर्ने हुन्छ । शरत कटारियाले निर्देशन गरेको चलचित्रमा अनु मलिकको संगीत उत्कृष्ट छ ।

कमेन्ट गर्नुहोस्