विश्वकप छनोट खेल्न नेपाली टोली मलेसिया प्रस्थान

काठमाडौं, असो १५ ।
बुधवार देखि मलेसियामा आयोजना हुने विश्वकप एसिया ईष्र्टन क्षेत्र छनोटमा सहभागी हुन नेपाली टोली आज मलेसिया
प्रस्थान गरेकाे छ ।

हिजो मात्र विश्वकप छनोटका लागि १४ सदस्यिय टोलीको नाम सार्वजनिक गरिएको छ । प्रदिप ऐरी तीन वर्ष पछि तथा नेपालको डेब्यु एकदिवसीय खेलमा घाइते भएका शरद पनि नेपाली टोलीको अन्तिम १४ मा पर्न सफल भएका छन् ।

बन्द्र प्रशिक्षणका लागि बोलाइएका १८ जनामा परेका तिब्र गतिका बलर दिपेश श्रेष्ठ र शाहब आलमले विश्वकप छनोटका लागि स्थान बनाउन सकेनन् । गत महिना मलेसियामा नै आयोजना भएको एसिय कप छनोटमा नौ महिनापछि राष्ट्रिय टोलीमा कमब्याक गरेका सागर पुन पनि अन्तिम १४ मा अटाउन सकेनन् ।

विश्वकप छनोटमा नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ तारिख म्यानमारको सामना गर्नेछ । दोश्रो खेल अक्टोबर ६ मा घरेलु टोली मलेसियासँग हुने छ ।

त्यस्तै नेपालको तेश्रो खेलमा थाईल्यान्डँग अक्टोबर ७ र अक्टोबर १० मा नेपालले चीनसँग खेल्ने छ । नेपालले आफ्नो अन्तिम लिग खेल सिंगापुरबिरुद्ध अक्टोबर १२ मा खेल्ने भएको छ ।

एसिसि अण्डर १९ एसिया कप अन्तर्गत समुह ए को आफ्नो दोश्रो खेलमा नेपालका लागि कप्तान आसिफ शेख र रोहित कुमार पौडेलले अद्र्धशतकीय साझेदारी गरेका छन् ।

काे काे परे टोलीमा ?

  • पारस खड्का (कप्तान)
  • अनिल कुमार शाह
  • बसन्त रेग्मि
  • बिनोद भण्डारी
  • दिपेन्द्र सिंह ऐरी
  • ज्ञानेन्द्र मल्ल
  • करण केसी
  • ललित सिंह भण्डारी
  • ललित नारायण राजबंशी
  • आरिफ शेख
  • प्रदिप ऐरी
  • सन्दिप लामिछाने
  • शरद भेषवाकर
  • सोमपाल कामी

वैकल्पिक खेलाडी

  • दिपेश श्रेष्ठ
  • सागर पुन
  • सुनिल धमला
  • शाहब आलम

कमेन्ट गर्नुहोस्