असन्तुष्ट नेता नेपाललाई सिंगापुरबाट अध्यक्ष प्रचण्डको फोन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता नेपालबीच वाक्युद्ध चलिरहेको बेला अर्का अध्यक्ष प्रचण्डले आइतबार विहान बरिष्ठ नेता माधव नेपाललाई फोन सम्पर्क गरेका छन् ।

पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरमा रहनु भएका प्रचण्डले नेपाललाई फोन गरेका हुन ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधब नेपालबीच वाकयुद्ध चलिरहेका बेला ३ दिने सिँगापुर भ्रमणमा रहेका प्रचण्डले फोन सम्पर्क गरेका हुन् । उनीहरुवीच नेपालको सरोकारबारे फोनमा कुरा भएको थियो । नेता नेपाल चीन भ्रमणमा जाने तयारीमा रहेका छन ।

बरिष्ठ नेता नेपाललाई अध्यक्ष प्रचण्डले सिँगापुरबाटै फोन गरेका थिए । ५ असोजको केन्द्रीय सचिवालय बैठक र त्यो बैठकले गरेका निर्णयबारे नेता नेपालले आफ्नो अनुपस्थितिमा केन्द्रीय सचिवालय बैठक डाकिएको र सचिवालयले विधान विपरित निर्णय गरेकोमा आफ्नो असहमति रहेपनि पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्नेमा नेपालले जोड दिएका थिए ।

स्रोतका अनुसार, असोज ५ को निर्णयप्रति नेपालले जनाएको सरोकार जायज रहेको बताउँदै प्रचण्डले त्यसै दिन निर्णय गर्ने पक्षमा आफूपनि नरहेको, तर परिस्थितिबस निर्णय गर्नु परेको बताएका थिए ।

प्रचण्ड–नेपालबीच फोनवार्ता भएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले पनि पुष्टि गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै रिजालले प्रचण्ड–नेपालबीच सकरात्मकक फोनवार्ता भएको उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्