१२ वर्षीया नातिनीलाई बलात्कारको आरोपमा हजुरबुवा पक्राउ

दाङ, असोज १५ । दाङ जिल्लाका लमहीमा ६८ वर्षीय हजुरबुवाले १२ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

कान्छा हजुरबुवा नाता पर्ने ती बृद्धले लामो समयदेखि बालिकालाई ललाईफकाई बलात्कार गर्दै आएको उजुरी परेपछि आइतबार बेलुका पक्राउ गरिएको वडा प्रहरी लमहीले जनाएको छ ।

बालिकाको स्वास्थ्य परिक्षण गरी हजुरबुवाबिरुद्ध जर्बजस्ती करणी मुद्दा दर्ता गर्ने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्