१ बजेको अपडेटः नेप्से परिसूचक ०.३२ प्रतिशतले घट्यो

काठमाडौं, असोज १५ । सोमवार नेप्से परिसूचक शून्य दशमलव ३२ प्रतिशत घटेको छ ।

२ घण्टाको व्यापारमा परिसूचक ४ दशमलव शून्य ३ अंकले घटेर १ हजार २ सय ५२ दशमलव ६८ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय ३४ कम्पनीको १ हजार ६ सय ९९ पटकको व्यापारमा रू.१० करोड ५८ लाख बराबरको शेयर कारोबार भएको हो ।

होटल, उत्पादन तथा प्रशोधन, ‘अन्य’ र लघुवित्त समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ ।

विकास बैंक समूहको परिसूचक १ दशमलव शून्य ६ प्रतिशत, बैङ्किङको शून्य दशमलव ५१, जलविद्युतको ० दशमलव ३३ प्रतिशत, निर्जीवनको शून्य दशमलव २३, जीवनको शून्य दशमलव ११ र वित्त कम्पनीको शून्य दशमलव शून्य ६ प्रतिशत घटेको हो । आर्थिकअभियानबाट

कमेन्ट गर्नुहोस्