सहारा बन्दै सायल गाउँपालिका : अनाथ बालबालिका १५ सय, एकल पुरुषलाई ५ सय भत्ता !

डोटी, असोज १५ ।
सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाउने भएको छ। गाउँपालिकाभित्र रहेका अनाथ बालबालिकालाई पढाई खर्च स्वरुप प्रतिमहिना एक हजार ५०० रुपैयाँ प्रदान गर्ने गाउँपालिकाले निर्णय गरेको छ।

गाउँपालिकाको उक्त निर्णयबाट तीन दर्जन बालबालिका लाभान्वित हुने गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले बताइन्। भत्ताबाट आफन्तको घरमा बस्दै आएका टुहुरा बालबालिकाको पढाइमा सहयोग पुग्ने उपाध्यक्ष सिंहको भनाइ छ।
गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ।

६० वर्ष पुगेका गैरदलित र ५० वर्ष पूरा भएका दलित एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता स्वरुपमा प्रतिमहिना ५०० रुपैयाँ गाउँपालिकाले निर्णय गरेको हो। एकल महिला मात्र नभई एकल पुरुषलाई पनि समस्या हुने भन्दै सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए।

कमेन्ट गर्नुहोस्