यू१९ एसिया कप : जित्नै पर्ने दवावमा रहेको नेपालको कमजोर प्रर्दशन [LIVE]

काठमाडौं, असोज १५ ।

यू१९ एसिया कप अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाल र अफगानिस्तान भिड्दै छन् । यति बेला अफगानस्तानले १५ ओभर खेलिरहदा २ विकेटको क्षतिमा ६३ रन जोडेको छ ।

कमजोर व्याटिङ गरेको नेपालको बलिङ पनि कमजोर देखिएको छ । अघिल्लो खेलमा भारतलाई १९ रनले हराउँदै सनसनीपूर्ण जित हात पारेको नेपालले यो पटक भने आफुलाई मैदानमा खरो उतार्न सकेको छैन् ।
टस जितेर पहिलो व्याटिङ रोजेको नेपालले खराब ब्याटिङका कारण अफगानस्तानलाई १३२ रनको लक्ष्य दिन सक्यो । नेपाली ब्याट्सम्यानहरु सम्हालिएर खेल्न नसक्दा नेपालले ३८ दशमलब ३ ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १३१ रन बनाउन सक्यो ।

२१ रनमा चार विकेट गुमाएको नेपालको लागि चौंथो विकेटका लागि कप्तान आशिफ शेख र रोहित कुमार पौडेलले ५३ रनको साझेदारी गर्दै नेपाली पारी उकास्ने प्रयास गरे । आशिफ २० रन बनाएर आउट भए पछि नेपाली टोली फेरी दबाबमा पऱ्यो ।

नेपालको तर्फबाट सर्वाधिक रन बनाएका रोहित अर्धशतक बनाउनबाट चुके । ८८ बलको सामना गरेका उनले सात चौकाको मद्धतमा ४९ रन जोडे । नेपालको लागि रोहितले आक्रमक खेलेका रसिद खानसँग आठौं विकेटका लागि ३८ रनको साझेदारी गरे । रसिदले २५ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिए ।

नेपालका ओपनर रवि कुमार शाह १८ बलमा दुई रन बनाएर आउट भए भने अर्का ओपनर २० बलमा दुई चौकाका मद्धतमा १० रन बनाउन सके । चौंथो नम्बरमा ब्याटिङ गर्न आएका सन्दिप जोराले सात बल खेलेता पनि खाता पनि खोल्न सकेनन् । नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफ पाँच बल खेल्दै शुन्य रनमा आउट भए । त्यस पछिका ब्याट्सम्यानहरुमा भिम सार्की ५, कमल सिंह ऐरी ०, सागर ढकाल १ तथा सुर्य तामाङ ० रनमा पेभेलियन फर्किए ।

नेपाली पारी ध्वष्त पार्ने क्रममा अफगानिस्तानका अजमतुल्लाह ओमरजाईले नेपालका चारै जना शुरुवाती चार विकेट लिए । नौं ओभर बलिङ गरेका उनले चार मेडन ओभर राख्दै १४ रन र्चिएर चार विकेट हात पारे ।

त्यस्तै क्वासी अहमद र अब्दुल रहमानले पनि पनि दुई दुई विकेट हात पारे । नेपालले आज एउटा परिवर्तन गरेको छ । आजको खेलमा रबिन्द्र जंग शाहीको स्थानमा रित गौतम प्लेइङ ११ मा छन् ।

समुह ए मा रहेका नेपाल र अफगानिस्तानले एक एक खेल खेलेका छन् । नेपालले पहिलो खेलमा भारतसँग १७१ रनको हारको सामना गरेको थियो भने अफगानिस्तानले युएईलाई पाँच विकेटले पराजित गरेको थियो । आजको खेलमा जित निकालेमा नेपालको सेमिफाइनल पुग्ने आशा जिवित नै रहन्छ ।

LIVE हेर्न याे link खाेल्नुहाेस् 

http://www.espncricinfo.com/scores

कमेन्ट गर्नुहोस्