नेता किमले पाउलान त नोबल पुरस्कार ?

काठमाडौं, असोज १५ ।

आउँदो शक्रबार नोबेल पुरस्कारको घोषणा हहँदै छ । अहिले शान्तितर्फको नोबल परस्कार उत्तर कारियाका सर्वोच्च नेता किम जोन उनलाई दिन लागेको धेरैले आँकलन गरेका छन् ।

सट्टेबाजीहरुले नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनलाई शान्तितर्फको नोबेल पुरस्कार दिने घोषणा नै गरेका छन् । राष्ट्रपति मूनले भने कोरिया प्रायदिपको शान्ति यात्रामा सबभन्दा ठूलो हात अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको रहेकोले नोबेल शान्ति पुरस्कारको सही हकदार राष्ट्रपति ट्रम्प रहेको बताएका छन् ।

परमाण अस्त्र परीक्षण गर्दै आएको उत्तर कोरियाले नाटकीय रुपमा आफुलाई यु–टर्न गर्दै शान्ति, समृद्धि र विकासमा विश्वसँग साझेदारी गर्ने घोषणा गरेका छन् । यही क्रम नेता किमले गत मेमा  सिंगापुरमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ता गरेका थिए ।

यस्तै दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले पनि दुई हप्ता अघि उत्तर कोरियाको भ्रमण सम्पन्न गरेका छन् । यसले उत्तर कोरियाको शान्ति यात्रालाई सहज बनाएको छ । त्यसैले पनि शान्ति अभियानका लागि वितरण गरिदै आएको शान्तितर्फको नोबल पुरस्कार किमले पाउने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्