यू १९ एसिया कप : अफगानस्तानद्वारा नेपाल ३ विकेटले पराजित

काठमाडौं, असोज १५ ।

यू १९ एसिया कपअन्तर्गत नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको १३२ रन लक्ष्य अफगानस्तानले ३७. ३ ओरभरमा पूरा गरेको छ ।

सेमिफाइनलका लागि जित्नै पर्ने दबाबमा रहेको नेपालले व्याटिङमा गरेकाे कमजोर प्रदर्शनका कारण हार ब्यहाेरेकाे हाे । अघिल्लो एसिया कपमा भारतलाई १९ रनले हराउँदै सनसनीपूर्ण जित हात पारेको नेपालले यो पटक भने मैदानमा खरो उत्रन सकेकाे छैन ।

टस जितेर व्याटिङ रोजेको नेपालले अफगानस्तानलाई १३२ रनको लक्ष्य दिएकाे थियाे । नेपाली ब्याट्सम्यानहरु सम्हालिएर खेल्न नसक्दा नेपालले ३८ दशमलब ३ ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १३१ रन बनाउन सकेकाे थियाे ।

कमेन्ट गर्नुहोस्