कार्यकालको एक चौथाई गोल्फ खेलेर बिताए राष्ट्रपति ट्रम्पले

वाशिङ्गटन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको एक चौथाई समय गोल्प खेल्दै बिताएको चर्चा यतिखेर संसारभरि छाएको छ ।

ट्रम्पले २५।३२ प्रतिशत समय गोल्फ खेलेर बिताएको अमेरिकी समाचारमाध्यमहरुले जनाएका छन् ।

ट्रम्पले २०१७ को जनवरी २० तारिखका दिन पदभार ग्रहण गरेका थिए । अहिलेसम्म ६१६ दिनमा उनले १५६ पटक गोल्फ खेलेका छनश । यसअघिका अमेरिकी राष्ट्रपति बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओबामाको तुलनामा यो निकै बढी समय हो ।

ट्रम्पले पहिलो एक सय दिनमा नै यसअघिका राष्ट्रपतिहरुको रेकर्ड तोडेका थिए । तत्कालिन राष्ट्रपति बाराक ओबामालाई लक्षित गर्दै ट्रम्पले एउटा चुनावी सभामैं भनेका थिए, “एउटा राष्ट्रपतिलाई गोल्फ खेल्नमा समय बिताउनु हुँदैन । म तपाईका लागि काम गर्नेछु । मसँग गोल्फ खेल्ने समय नै हुने छैन ।” तर यो भाषण न पर्यो ।

यथार्थमा उनले आफ्नो कार्यकालको पहिलो एक सय दिनमा १९ पटक गोल्फ कोर्सको भ्रमण गरे । जबकि ओबामा यो अवधिमा एक दिन र क्लिन्टन पाँच दिन गोल्फ मैदानमा गएका थिए ।

प्रायजसो सप्ताहको अन्तमा आफ्नी गर्लफ्रेण्डसँग गोल्फ खेलिरहेको भेटिछन् ट्रम्प ।

बाराक ओबामाले गोल्फ बढी खेल्यो भनेर ट्रम्पले चुनावी सभाहरुमा निकै आलोचना पनि गरे । उनले एउटा ट्विट नै जारी गर्दै भनेका थिए, “अमेरिकाले यति समस्या झेलिरहेको छ, तर राष्ट्रपति ओबामा भने गोल्फ खेलेर समय बिताइरहेका छन् ।”

सन् २०१५ को एउटा अन्तर्वार्तामा पनि ट्रम्पले राष्ट्रपति बनेपछि आफ्नो जिम्मेवारी निवार्ह गर्न कहिल्यै पनि व्हाइट हाउस नछोड्ने बताएका थिए ।

यो गोल्फ खेल्ने कुराले सीमा त त्यतिखेर नाघ्यो जब अमेरिकी पूर्व रिपब्लिकन सांसद जान मेकननको निधन भएपछि ट्रम्प उनको अन्तिम श्रद्धान्जली सभामा पुगेनन् । अचम्मको कुरा, उता शोक सभा चलिरहेको थियो भने यता ट्रम्प गोल्फ मैदानमा शट हानिरहेका थिए ।

कमेन्ट गर्नुहोस्