सरकारलाई रचनात्मक सुझाव दिनुस् : सभामुख महरा

काठमाडौं, असोज १५ ।

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सरकारको आलोचना मात्र गरेर बस्नुभन्दा रचनात्मक सुझाव दिन आग्रह गरेका छन् ।

२८औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारको आलोचनाभन्दा पनि सुझाव आवश्यक रहेका हुन् ।

ज्येष्ठ नागरिकहरुको अनुभव र विचार राष्ट्र निर्माणका लागि आवश्यक रहेको भन्दै सभामुख महराले उनीहरुलाई राज्यले सम्मान दिनुपर्ने पनि बताए । ज्येष्ठ नागरिकहरुको हक, अधिकार र संरक्षणका लागि सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान आवश्यक रहेकाले सरकारले उचित वातावरण बनाउने प्रतिबद्धता जनाइन् । राष्ट्रिय ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकहरुका लागि राज्यले प्रदान गरेको सहुलियत कार्यान्वयन नभएको गुनासो गरे ।

कमेन्ट गर्नुहोस्