अमेरिकाको एक अदालतमा नेपाल भाषा प्रयोग गर्न सकिने

काठमाडौं, असोज १५ । संयुक्त राज्य अमेरिकाको एक अदालतमा नेपाल (नेवार) भाषा प्रयोग गर्नसकिने भएको छ ।

अमेरिकास्थित ओरेगन राज्यको अदालतले अदालतमा नेपाल भाषा प्रयोग गर्नसक्ने अधिकार दिएको हो ।

अंग्रेजीलगायतका अरु भाषा नजान्ने नेवार समुदायलाई नेपाल भाषाबाटै अदालतमा बयान दिने अधिकार दिएको र अदालतले दोभासे प्रयोग गर्ने जनाइएको छ ।

यही सेप्टेम्बर ११ देखि २३ सम्म भएको ओरेगन राज्यको व्यावसायिक दोभासेहरुको सम्मेलनले सो प्रस्ताव पारित गर्दै मागबमोजिम अदालतले पनि सो अधिकार दिएको जनाइएको छ ।

अमेरिकामा बसोवास गर्ने नेवार समुदायको तर्फबाट भाषाविद् दयारत्न शाक्यको पहलमा सो अधिकार प्राप्त गर्न सफल भएको जनाइएको छ ।

नेवार समुदायको आफ्नै मौलिक लिपि र भाषा भएकाले अदालती समस्या आए आफ्नै भाषा प्रयोग गर्न पाउने मागलाई सकारात्मकरुपमा लिँदै सो अदालतले यस्तो अधिकार दिएको जनाइएको छ ।

अब संवैधानिक अधिकार पालना गर्दै अदालती प्रक्रियामा नेपाल भाषाबाट पनि आफ्ना कुरा राख्न पाउने भाषाविद् शाक्यले जानकारी दिए ।

अमेरिकाका अरु राज्यहरुमा पनि यस्तो अधिकारका लागि पहल गर्ने उनले बताए ।

इमेजखबरबाट

कमेन्ट गर्नुहोस्