देउवासँग सहमतिपछि गोदावरीमा राजधानी राखिएको खुलासा

काठमाडौं, गोदावरीमा राजधानी राखेको विषयमा स्थानीय धनगढी कांग्रेसले बिरोध गरेपनि पार्टीको केन्द्रीय तहमैं सहमति भएको खुलासा भएको छ ।

प्रदेशको नाम र राजधानी राख्ने विषयमा नेकपाका नेता भीम रावल, लेखराज भट्ट र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाबीच छलफल भएको हो ।
नेकपा प्रदेश इन्चार्ज भीम रावलले यो कुराको खुलासा गरेका हुन ।

नेता रावलको भनाई उद्दृत गर्दै अनलाईनखबरले प्रकाशित गरेको समाचार अनुसार, शेर बहादुर देउबाले ‘हुन्छ’ भनेपछि प्रदेश सभामा यो विषयले प्रवेश पाएको थियो । ‘देउवा सरकारले धनगढी अस्थायी राजधानी तोकेकाले आफ्नो सभापतिको निर्णयको बचाउ गर्न खोजिएको होला । तर, गोदावरी राजधानी प्रस्ताव गर्दा कांग्रेसको पनि सहमतिमै गरिएको हो ।’ उनले भनेका छन् ।

नेता रावलले गोदावरी राजधानीको विरोध गर्न अन्य राजनीतिक एजेण्डा नभएपछि वन र बाघको चिन्ता गर्न थालेको आरोप समेत लगाएका छन् । प्रदेश राजधानी तोकिएको स्थानमा एउटा पनि सालको रुख नरहेको र बाघ होइन, कुनै जंगली जनावरको ओहोरदोहोर नहुने उनको दावी छ ।

रावलले राजधानी तोकिएको ठाउँमा बुट्यानहरुमात्र रहेको तथा बाघ हिँड्ने भनिएको ठाउँमा गाउँबस्ती, हनुमान मन्दिर, सेनाको ब्यारेक र खोला रहेको उनले बताएका छन् । राजनीतिक रुपमा विरोध सकिएपछि हुँदै नभएको जंगल र बाघको बाटो खोज्न थालिएको रावलको आरोप छ ।

नेकपा नेता रावलले भने( कुन चाहिँ बुझक्कडले बाघ हिँड्ने बाटो मासिने भयो भनेर चिन्ता गरेको पढ्दा हामीलाई हाँसो लाग्छ । पूर्वपट्टी तेघरी ब्यारेक छ, उत्तरपट्टी गोदावरी बजार छ र पञ्चायतकालमा हेवी इक्वीपमेन्टको ठूलो कार्यालय थियो । अहिले पनि सडकको कार्यालय र घरहरु छन् ।’

‘सडकको यता गाउँ छ र गाउँदेखि यता ठूलो हनुमानको मन्दिर र धर्मशाला छ, जहाँ दैनिक पूजापाठ हुन्छ । अब बाघ हिड्नलाई ब्यारेकभित्र सेनाले ढोका खोल्छ कि गाउँबाट हिड्छ ?’

सुदूरपश्चिम प्रदेशको राजधानीका सन्दर्भमा भ्रम फिँजाउन खोजिएको भन्दै नेकपाका प्रदेश इन्चार्ज रावलले एउटा पनि रुख नकाटिने र वन्यजन्तुको बाटोमा राजधानी नपर्ने बताए ।

सभापति देउबाले भने यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

कमेन्ट गर्नुहोस्