उप–महानगरद्धारा जेष्ठ नागरिकलाई सम्मान

धनगढी, १५असोज
२८ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अवसर पारेर सोमबार धनगढी उप–महानगरपालीकाले नगरक्षेत्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

७० देखि १ सय बर्ष उमेर समुहका जेष्ठ नागरिकलाई दोसल्ला ओठाएर सम्मान गरिएको हो । उप–महानगरपालीकाका १९ वटा वडाबाट सबैभन्दा जेष्ठ ब्यक्तिलाई छानौट गरेर सम्मान गरिएको उप–महानगरपालीकाका सामाजिक विकास अधिकृत टंक बिष्टले बताए । धनगढी उप–महानगरपालीकाका कार्यबाहक नगरप्रमुख हिरासिंह पातलीले जेष्ठ नागरिकलाई सम्मान गर्न पाएकोमा आफुलाई भाग्यमानी महसुस भैरहेको बताए । उनले भने,‘जेष्ठ नागरिकलाई माया चाहिन्छ त्यो मायाँ परिवारबाट पाउनु पर्छ ।
जेष्ठ नागरिक ज्ञानको खानी भएको बताउदै कार्यबाहक नगरप्रमुख पातलीले भने,‘जेष्ठ नागरिकको मृत्यू संगै पुरानो संस्कार संस्कृती र ईतिहास हराउन थालेको छ । जेष्ठ नागरिक निरञ्जन रिमालले छोराछोरीलाई असल संस्कार दिन नसक्दा जेष्ठ नागरिकले बुढेसकालमा दुःख पाउनु परेको बताए । उनले भने,‘हामीले छोराछोरीलाई पैशा कमाउने मेसिनको रुपमा मात्रै ब्यावहार गर्दा आमाबुवालाई भुलेर पैशाको पछि लागेका छन् ।

आमा बुवाको संझनामा जेष्ठ नागरिकलाई सम्मान

धनगढी उप–महानगरपालीका ४ का वडा अध्यक्ष दिपक थापाले ब्यक्तिगत खर्चमा जेष्ठ नागरिकलाई सम्मान गरेका छन् ।
उनले वडा नं ४ मा रहेका ८ जना जेष्ठ नागरिकलाई दोसल्ला, टोपी, लौरो दिएर सम्मान गरेका हुन । सानैमा आमाबुवा गुमाएका कारण अभिभावक नपाउनुको पिडा आफु संग रहेको वडा अध्यक्ष थापाले बताए । उनले भने,‘मैले आमा बुवा संझेर मैले जेष्ठ नागरिकलाई सम्मान गरेको हुँ । उनले जेष्ठ नागरिकका अनुभव सुनेर अगाडी बढ्ने ब्यक्ति सधै सफल हुने पनि थापाले बताए ।

कमेन्ट गर्नुहोस्