कुवेतमा एक नेपालीको निधन

कुवेत,असोज १५।रोजगारीका लागि कुवेत पुगेको चार महिनामै ढल्केबर-७ धनुषाका ४१ बर्षिए श्री नारायण दास तात्माको हृदयघातको कारण निधन भएको छ।

शनिबार बिहान रक्तसंचार(ब्लड प्रेशर)बढे पछी अस्पातल पुर्याइएका दासको सोही दिन कुवेतको जाहारा अस्पातलमा निधन भएको हो।
दास कुवेतको अल टेक्निया फर्निचर कम्पनीमा काठको काम गर्ने(कार्पेन्टर)का रुपमा चार महिना अघि मात्र कुवेत पुगेका थिए।

दासको स्वास्थ्य अवस्थामा केहि खराबी देखिएपछी जहारा अस्पातल पुर्याइएको र एक्कासि ब्लड प्रेशर बढे पछी हृदयघातका कारण निधन भएको नेपाली दूतावास कुवेतका प्रथम सचीव भोगेन्द्र लिङ्देनले जानकारी दिएका छन।

मृतकका भाई पनि कुवेतमै भएको र मृतकको कम्पनीले पनि आबश्यक सहयोग गरिरहेकाले बाँकी कानुनी प्रकृया पुरा गरेर मृतको शबलाई छिट्टै नेपाल पठाउने दुताबास स्रोतले जानकारी दिएको छ।

मृतक दासको घरमा श्रीमती, तीन छोरा र एक छोरी रहेका छन।

कमेन्ट गर्नुहोस्