४ दिनमा ४ बलात्कारः बलात्कृत हुनेमा ३ बालिका

चितवन, असोज १६ । ३ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा भारतको पूर्वी चम्पारण घर भएका युवा आइतबार पक्राउ परे । शनिबार माडीमा मानसिक सन्तुलन ठीक नभएकी एक महिला ४५ वर्षका छिमेकी पुरुषबाट बलात्कृत भइन् ।

 

 

७ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा भरतपुर–११ पोखरीचोक बस्ने वर्ष १४ का बालक शनिबार पक्राउ परे । १५ वर्षीया चेपाङ बालिका बिहीबार राति घरमै सुतिरहेका वेला बलात्कृत भइन् ।

 

देशभरि नै बलात्कारका घटना भइरहेका वेला चितवनमा पछिल्ला ४ दिनमा ४ घटना भएका छन् । बलात्कारको सिकार हुनेमा ३, ७ र १५ वर्षका तीनजना बालिका छन् । एकजना भने मानसिक अवस्था ठीक नभएकी ४५ वर्षीया महिला छिन् ।

 

 

प्रहरीले ३ घटनाका आरोपीलाई पक्राउ गरिसकेको छ । एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्