गोल्डेन ब्वाइ अवार्डका लागि एमबाप्पे मनोनयन, अरु को-को प्रतिस्पर्धामा ?

एजेन्सी । यो पटक गोल्डेन ब्वाइ अवार्डका लागि कोको खेलाडी मनोनयन भए ? यो धेरैलाई चाँसोको विषय लाग्न सक्छ । २०१८ को गोल्डेन ब्वाइ अवार्डका लागि फ्रान्सका उत्कृष्ट युवा खेलाडी केलियन एमबाप्पे, लिभरपुलका ट्रेन्ट एलेक्सान्डर अर्नोल्ड तथा म्यानचेस्टर सिटीका फिल फोडिनसहितका ४० युवा फुटबलर अवार्डका लागि मनोनयनमा परेका छन् ।

 

२१ वर्षमुनिका युरोपका उत्कृष्ट फुटबलरलाई सम्मान गर्ने उद्देश्यले इटालियन पत्रिका तुतोस्पोर्टले सन् २००३ मा गोल्डेन ब्वाइ अवार्ड स्थापना गरेको हो । साबिक विजेता एमबाप्पे यसपटक पनि बलियो सम्भावना भएका खेलाडी हुन् ।

 

उनले यसपटक पनि अवार्ड जितेमा दुईपटक अवार्ड जित्ने पहिलो खेलाडी हुनेछन् । एभर्टनका टम डेविस तथा म्यानचेस्टर युनाइटेडका डिओगो डालोट पनि मनोनयनमा परेका छन् । यो अवार्डका पूर्व विजेतामा नेइमार, एडिन्सन काभानी, लियोनल मेस्सी, वायने रुनी तथा पउल पोग्बा पनि हुन् ।

कमेन्ट गर्नुहोस्