भ्वाइस अफ नेपालः शैलु सिंह सुपकी एक्ली प्रतिस्पर्धी, पूरा गरिन् ब्याटल राउण्ड [भिडियो]

लोकेश धामी, काठमाडौं । अहिले सांगीतीक रियालीटी सो ‘द भ्वाइस अफ नेपाल’को देशभर मात्र नभई विदेशमा पनि त्यत्तिकै चर्चा छ । सबैले यो रियालीटी सोलाई मन पराएका छन् । भन्नेहरु यो पनि भन्नपछि पर्दैनन्, ‘भ्वाइस अफ नेपाल’ले ‘नेपाल आइडल’लाई पछाडी पार्यो ।

 

जसले जे भने पनि दुवै सांगितीक सोको आफ्नै विशेषता र महत्व छ । यी दुवैले नेपालमा थुप्रै गायकको पहिचान गराएको छ । र, उनीहरुको भविष्यको रेखा कोर्न पनि ठूलो भूमिका खेलेको छ । ‘नेपाल आइडल’ र ‘भ्वाइस अफ नेपाल’मा कयौं व्यक्तिले वर्षौदेखिको प्रतिभा देखाएर चकित पारिरहेका छन् ।

 

यसैबीच, बझाङकी शैलु आरएल सिंहले पनि आफ्नो शानदार प्रस्तुती देखाएर सबैलाई चकित पारेकी छन् । उनी ‘भ्वाइस अफ नेपाल’बाट आफ्नो जादूमय आवाजले लाखौं स्रोता(दर्शकको मन आफूतिर तानिरहेकी छन् ।

 

धेरैलाई आश्चर्य लागेको छ । शैलुको घर कता हो रु यो प्रश्नले कयौं व्यक्तिलाई शैलुले अन्योल बनाएकी छन् । कहिले उनले आफ्नो घर काठमाडौं, कहिले कैलालीको धनगढी त कहिले बझाङ भन्ने गरेकी छन् । स्वभाविक पनि हो उनका प्रशंसक अन्योलमा पर्नु । आज तपाइँले यो प्रश्नको पनि जवाफ भेटाउनु हुनेछ ।

 

शैलुको पुख्र्यौली घर बझाङको छबीस पाथीभेरा गाउँपालिका-४ श्रीमतोला हो । ऐतिहासिक र सम्भावना बोकेको रमणीय ठाउँबाट पछि उनको परिवार धनगढी झरेको हो । र, अहिले उनको घर काठमाडौंमा पनि छ । उनी समय-समयमा धनगढी गइरहन्छीन् । त्यहाँ पनि शैलुको घर छ ।

 

अब उनको प्रस्तुतीतर्फ लागौं । शैलुले भ्वाइस अफ नेपाल’को स्टेज तताइरहेकी छन् । उनको प्रस्तुतीले निर्णायक, समर्थक, अभिभावक सबै मुग्ध छन् । शान्त स्वभावकी शैलुको आवाज साँच्चीकै मन छुने छ ।

 

‘भ्वाइस अफ नेपाल’मा उनले एकपछि अर्को सफलता पनि हासिल गरिरहेकी छन् । कार्यक्रमका सुरुवातदेखि नै उनले दबदबा राखिरहेकी छन् । टेलिभिजन स्कृनमा देखिने पहिलो राउण्डमै (त्यो भन्दा पहिले छनौट राउण्ड पनि हुन्छ) शैलुले दर्शक-स्रोताको माया त बुटली नै निर्णायकको मन पनि बेस्सरी आफूतिर तानिन् । अझैं भनौं उनले आफ्ना अद्भूत क्षमता प्रदर्शन गरिन् । शैलुको यो क्षमता देखेर निर्णाक नै चकित परेका थिए ।

उनले त्यो चरणमा ब्लाइन्ड (अडिसन) चारै निर्णायकलाई आफूतिर फर्काउन सफल भएकी थिइन् । अझ भनौं शैलुको आवाजले निर्णायकको मुटु छोयो र फर्किन बाध्य तुल्यायो । उनले अध्ययनलाई प्राथमिकता दिदैं गायनलाई पनि सँगसँगैं लगिरहेकी छन् । शैलीको आवाज सुनेपछि निर्णाकहरु पनि अचम्ममा परेका थिए । ल पढ्ने विद्यार्थीमा यस्तो मिठो आवाज रहेको सुन्दा निर्णाकहरु आश्चर्यमा परेका हुन् ।

शैलुको ‘भ्वाइस अफ नेपाल’को शिखर यात्रा जारी छ । उनले आइतबार मात्रै ‘ब्याटल’ राउण्ड’ पूरा गरेकी छन् । शैलुले ‘रेली माई रेली माई’ बोलको गीत गाएर ‘ब्याडल’ राउण्ड पूरा गर्न सफल भएकी हुन् । उनले उदयपुर गाइघाटकी अप्सरालाई पछिपार्दै घर फर्किनबाट जोगिइन् ।

नोटः अनुमति बेगर समाचार कपी गर्न मनाही छ ।

 

धेरैलाई लागेको शैलु लामो रेशको घोडा हुन् । उनको यात्रा कहाँ यतिमै टुंगिन्छ । शैलुका समर्थकको समथर्क भन्छन्, ‘उनले नै उपाधी जित्न सक्छिन्, शैलुमा त्यो क्षमता छ ।’ शैलुको आगामी यात्रा अब भोटीङले बढ्ने छ । सर्वाधिक भोट पाउने नै अगाडि बढ्ने छ । त्यसकारण आगामी दिनमा उनलाई भोटका लागि सबैले सहयोग गर्न आवश्यक छ ।

 

विशेष गरि सुदूरपश्चिमबासीले उनलाई अध्यधिक भोट गरेर उपाधि जिताउन सहयोग गर्नुपर्छ । अब हेरौं आगामी दिनमा ‘द भ्वाइस अफ नेपाल’मा उनको यात्रा कहाँसम्म पुग्छ ।  अन्तराष्ट्रिय फ्रेन्चाइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ मा बरिष्ठ गायक दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल निर्णायकको भूमिकामा छन् । यो सोको होस्टका रुपमा नेपाल आइडल सिजन-१ का शुशील नेपाल छन् ।

कमेन्ट गर्नुहोस्