नागढुंगा-पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमनमा रोक (प्रेस विज्ञप्तिसहित)

काठमाडौँ, असोज १६ । त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ ।

चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो ।

डिभिजन प्रमुख देवकुमार तामाङले आजदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने बताउनुभयो । “निर्माण सम्पन्न गर्न आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई पत्राचार गरेका छौँ,” उहाँले भन्नुभयो । उक्त सडक कृष कन्सट्रक्सनले मर्मत तथा सुधार गर्न लागेको हो ।

डिभिजन कार्यालयले चाडपर्व नजिकिँदै गर्दा विभिन्न स्थानको सडक मर्मत तथा सुधारलाई अगाडि बढाएको हो ।

प्रेस विज्ञप्ति-

रासस

कमेन्ट गर्नुहोस्