दोश्रो ‘उद्देश्य’ कार्यशाला सम्पन्न

काठमाडौं, असोज १६ । किशोरीहरुको ‘स्टेम’ अर्थात् विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित संकायप्रतिको रुची प्रवद्र्धन गर्नका लागि टिच फर नेपालका पूर्व प्रज्ञार्थीहरुले काठमाडौंमा ६ दिने उद्देश्य २ः गर्ल्स इन स्टेम आवासीय कार्यशाला (सेप्टेम्बेर २१–२६० आयोजना गरेका छन् । आवासीय कार्यशाला अनुभूति इन्टरनेशनल र युनेस्को काठमाडौँको संयुक्त आयोजना र यी पूर्व प्रज्ञार्थीहरुको नेतृत्वमा संचालन भएको हो ।

किशोरीहरुलाई काठमाडौँ ल्याउन ‘युनेस्को मलाला फन्ड फर गर्ल्स राइट टु एदुकेसन’ बाट सहयोग जुटाइएको थियो । यस आवासीय बुट क्याम्पमा स्टेम, समस्या समाधान र नेतृत्व विकास सम्बन्धित कार्यशालाहरु राखिएका थिए ।

‘ग्रामीण प्रविधि, अनलाइन म्यापिंगका साथै यो कार्यशालामा छात्राहरु आफ्नो समस्या समाधान गर्ने क्षमता बारे र समाधान गर्दा नयाँ प्रविधिको कसरी सहयोग लिने भन्नेबारे जानकार भएका छन् । कार्यक्रमका एक आयोजक तथा टिच फर नेपालका पुर्व प्रज्ञार्थी ऋचा न्यौपानेले बताए । यो कार्यक्रमको उदेश्य ग्रामिण भेगमा रहेका छात्राहरुलाइ ‘स्टेम’ को बारेमा जागरुक गराउन र स्टेममार्फत आफ्नो भविस्य बनाउन उत्प्रेरणा दिने रहेको बताए ।

उक्त कर्यक्रममा टिच फर नेपालसंग कार्यरत ११ विद्यालयबाट २० छात्राको सहभागिता रहेको आयोजकले बताएका छन् । ६ दिने कार्यशाला अन्तर्गत छात्राहरुले गूगल प्रयोग गर्न, जी(मेलको प्रयोग गरि इमेल पठाउन र पाउन, ‘डिजाइन थिन्किंग’ कार्यशालाबाट समस्याको समाधान खोज्न, आत्मरक्षा सम्बन्धि तालिम, नेतृत्व विकासका विभिन्न पाटाहरु र जीवनमा स्टेमको प्रयोग गर्ने तरिका पनि सिकेका थिए । विद्यार्थीहरुले रोचक तथा ज्ञानबर्दक रुपमा कक्षामा प्रस्तुत गर्ने तरिका र विज्ञान, प्रविधि, इन्जीनियरिंग र गणित विषयबाट राम्रो भविष्य बन्न सक्ने बारे पनि ज्ञान प्राप्त गरेका छन् ।

‘यो कार्यशालाबाट छात्राहरु उत्साहित भएको र आफुले सिकेका कुराहरु आफ्नो विद्यालयमा र समुदायमा ूस्टेम क्लबू को स्थापना गरि स्टेमका बारे धेरै चेतना फैलाउने विद्यार्थीहरुले बताएका छन्ू कार्यशालाका अर्का आयोजक तथा टिच फर नेपालका पुर्व प्रज्ञार्थी शिना श्रेष्ठले बताए । कार्यशालाबाट छात्राहरुको आत्मविश्वास बढेको र उनीहरुका कुरा पनि महत्वपुर्ण हुन्छ भन्ने कुरा बुझेको पनि उनले बताए ।

‘यस कार्यशालाले सहभागी छात्राहरुलाइ स्टेमलाई चाहिने सिप सिकाउने र व्यक्तिगत जीवनमा तथा समूदायमा आउने विभिन्न समस्याहरुको सामना गर्न सिकाउने प्रयास गरेको छू यस कार्यक्रमका अर्का आयोजक आस्था खत्रीले बताए । ‘यो कार्यशालाको मुख्य उद्देश्य छात्राहरुले उनीहरुका समस्या समाधान गर्न आफुले नै भूमिका खेल्न उत्प्रेरित गराउनु हो र यसको सुरुवात स्टेमबाट भएको छ । मौका मिले एक महिलाले पनि देश बदल्न आफ्नो योगदान दिन सक्छ ।’

उद्देश्यको पहिलो कार्यशाला गत साउनमा भएको हो । यो पूर्व प्राज्ञार्थीहरुको टिच फर अल ग्लोबल गर्ल्स फेल्लोशिप अन्तर्गत सुरु गरिएको थियो । दोस्रो संस्करणका लागि मार्इ एमोशन म्याटर, कारखाना, टिच फर नेपाल, किरियोस र ग्लोबल कलेज इन्टरनेशनलले आवश्यक सहयोग गरेका थिए।

उद्देश्यका बारे थप जानकारी फेसबुक पेजमा रहेको छ–

https://www.facebook.com/Udeshya4Girls/

कमेन्ट गर्नुहोस्