सिमान्त र रमाको ‘कसरी भनुँ म’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सिमान्त सान्तोष र रमा अर्यालको स्वरमा रहेको नयाँ गीत ‘कसरी भनु म’ सार्वजनिक भएको छ ।

संजय घमिरेको शब्द, भीम जिसीको संगीत र आमोश तामाङको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो। लोमस पौडेलले निर्देशन गरेको गीतको भिडियोमा चन्द्र र प्रतिक्षा फिचरिङ छन् ।

लभ प्याट्रनको गीत उत्कृष्ट छ भने भिडियो पनि निकै राम्रो बनेको छ । अर्जुन सापकोटाले छायाँकन गरेको गीतको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् ।

‘मेरो दिल दुखायौ के पायौ’बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका सिमान्तका थुप्रै गीतहरु चर्चामा छन् । विगत ३ वर्षदेखि गायन क्षेत्रमा तिल्लन उनका एक दर्जनभन्दा बढी गीत स्रोता–दर्शकको रोजाईमा परेका छन्। उनको ‘तिमी पूजाकी थाली हौ‘’ गीत अलिक बढी स्रोता–दर्शकको रोजाइमा परेको गीत हो ।

गायनमा विभिन्न अवार्डहरु पनि चुम्न सफल सिमान्त आफ्ना अन्य गीत जस्तै ‘कसरी भनुँ म, जीवन जिउने वहाना हौ तिमी’ले पनि स्रोता–दर्शकको साथ पाउँनेमा आफू आशावादी रहेको बताउँछन् ।

हेर्नुहोस् रमा र सिमान्तको यो गीतको भिडियो–

कमेन्ट गर्नुहोस्