सवारीको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौँ, असोज १६ । सुकेधारामा सवारी साधनको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।

गएराति ११ बजेतिर सुकेधारामा नम्बर नखुलेको सवारी साधनले पैदल यात्रुलाई ठक्कर दिँदा काठमाडौँ मण्डिखाटार बस्ने ६५ वर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो ।

सवारी साधनको ठक्करबाट गम्भीर घाइते मैनालीको उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

दुर्घटना गराउने सवारी साधनसहित चालक फरार रहेकाले खोजी भइरहेको महाशाखाले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्