यही असोज २० गते ‘सिटिएफ फ्रेसर फेसन नाईट’ फेशन शाे अडिसन सुरु

काठमाडौँ, असोज १६ । सिटिएफ नेपालद्वारा आयोजना गर्न लागेको ‘सिटिएफ फ्रेसर फेशन नाईट’ फेसन शो हुने भएको छ ।

उक्त शोका लागि यही आगामी असोज २० गते शनिबार सिटिएफ नेपालको कार्यालय बागबजारमा बिहान ६ बजेदेखि अडिशन हुने भएको छ ।

दशैँ र तिहारबीच आगामी कार्तिक १६ गते रक टनेल रेष्टुरेन्ट तिनकुनेमा हुन गइरहेको फेशन शोमा चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा मोडलहरुलाई उतार्न लागिएको छ भने यस फेशन शोमा सेलेब्रेटी मोडल–नायिकाहरुको समेत उपस्थित रहने जानकारी आयोजक एलिशा अग्रवालले गराएकी छिन ।

उक्त फेशन शोमा सांगीतिक कार्यक्रमको साथमा डिजे पार्टीसमेत हुने भएको छ ।

फ्रेश मोडलहरुलाई लिएर गर्न लागिएको यस फेसन सोमा फ्री ट्रेनिङको साथमा प्रतियोगीहरुले गिफ्ट ह्याम्पर्स, फोटोसुट चलचित्र, म्यूजिक भिडियोहरुमा समेत अभिनय गर्ने मौका पाउने भएका छन । प्रतियोगीहरुले विश्वमा फेशनको कस्तो ट्रेण्ड चलिरहेको छ भन्ने पनि थाहा पाउँछन् भने अरूबाट आफूले सिक्ने र आफ्ना चीज अरूलाई देखाउने प्लाटफर्म बन्न सक्छ यो कार्यक्रम ।

एलिशा अग्रवालको संयोजन र नबिन न्यौपानेको कोरियोग्राफीमा गर्न लागेको उक्त फेशन शोमा १६ वर्षदेखि २२ वर्षसम्मका युवायुवती मोडलहरुले अडिसनमा सहभागी जनाउन सक्नेछन् भने अडिसनबाट छानिएका मोडलहरुलाई फ्रि ट्रेनिङ तथा मिडिया एक्स्पोज गरिने जानकारी आयोजकले गराएका छन् ।

कमेन्ट गर्नुहोस्