मुख्यमन्त्री र अष्ट्रेलियन राजदुतबीच शिष्टाचार भेट

धनगढी,असोज १६ । सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्रि त्रिलोचन भट्ट र नेपालका लागी अष्ट्रेलियन राजदुत पेटर बडबीच शिष्टाचार भेट भएको छ ।

मुख्यमन्त्री भट्ट र राजदुत बडबीच दिउसो १ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट भएको हो । भेटका क्रममा मुख्यमन्त्रि र राजदुतबीच आपसी दुईपक्षिय हितका बारेमा छलफल भएको बर्ताएका छन् ।

भेटका क्रममा मुख्यमन्त्री भट्ट र राजदुत बडबीच अष्ट्रेलियन सरकारले सुदूरपश्चिम प्रदेशमा सहयोग गर्दै आएका विभिन्न परियोजनाहरुका बारेमा छलफल भएको र आगामी दिनमा पनि निरन्तर सहायता रहने जानकारी गराएका मुख्यमन्त्रीको स्वकिय सचिवालयले जनाएको छ ।

राजदुत बडसंग डब्लुएफपीका नेपाल प्रतिनिधि पनि सहभागी थिए ।

कमेन्ट गर्नुहोस्