इण्डोनेसिया: चर्चभित्र भेटिए ३४ शव, प्रार्थनामा गएका ५२ अरू बेपत्ता

जकार्ता, असोज १६ । भूकम्प र सुनामीका कारण तहस नहस भएको इन्डोनेसियाबाट एउटा अर्को हृदय विदारक समाचार आएको छ । यहाँको सुलावेसी टापुस्थित एउटा चर्चभित्र ३४ विद्यार्थीहरूको शव फेला परेको छ ।

समाचारहरूमा आए अनुसार भूकम्प आउनु अगाडि ८६ विद्यार्थीहरू जोनुगु चर्चको तालिम केन्द्रद्वारा आयोजना गरिएको बाइबल क्याम्पमा सामेल भएका थिए । उक्त क्याम्पमा रहेका अन्य ५२ जना विद्यार्थीहरू हालसम्म हराइरहेका छन् । चर्चभित्र प्रार्थना गरिराखेका बेला ती विद्यार्थीहरूको एकै चिहान भएको हुनसक्ने बताइएको छ ।

याे पनि पढ्नुस  इन्डोनेसियामा अर्को शक्तिशाली परकम्प, ज्यान गुमाउनेको सङ्ख्या ३१९ पुग्यो

यसैबीच इन्डोनेसियामा भूकम्प र सुनामीबाट मारिनेहरूको सङ्ख्या एक हजार दुई सय ३४ पुगेको बताइएको छ ।

उद्वारकार्यमा खटिएकाहरूले उद्वारकार्य जटिल हुँदै गएको बताइरहेका छन् । इण्डोनेशिया रेडक्रस का प्रवक्ता औलिया अर्रिआनीले शवहरूलाई एम्बुलेन्ससम्म पुर्याउनका लागि हिलै-हिलोमा डेढ घण्टाभन्दा बढी हिँड्नु परिरहेको बताइएको छ ।

याे पनि पढ्नुस  भिनेश फोगटले दिलाइन भारतलाई एसियाडमा पहिलो स्वर्ण पदक

२८ सेप्टेम्बरमा सुलाबेसी टापुमा ७.५ तीव्रताको भूकम्प आएपछि सुनामी समेत आएको थियो । त्यसपछि सानातिना परकम्पनहरू निरन्तर महसुस गरिँदै आइरहेका छन् ।

मंगलबार मात्र नजिकैको सुम्बा टापुमा भूकम्पको ठूलो झड्का महसुस गरिएको थियो । यसको तीव्रता ६.० रेक्टर स्केल रहेको थियो । सुम्बा टापुमा यसबाट कुनै मानवीय क्षतिको विवरण आएको छैन ।

याे पनि पढ्नुस  इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या ६२ पुग्यो, ५ सय बढी बेपत्ता

किन आउँछ यहाँ पटक पटक सुनामी?

वैज्ञानिकहरूले इण्डोनेशियामा बारबार सुनामी आउनुको कारण पालु टापुको आकार रहेको बताएका छन् । बेंटलेस्थित कर्टिन विश्वविद्यालयका शोधकर्ता कुनैन जैनेका अनुसार पालु टापुमा बनेका भवनहरूका कारण पालु खाडीको आकार र भौगोलिक अवस्था बदलिएको र यसले गर्दा यहाँ समुद्रमा २-३ मिटर अग्ला छल आउनु सामान्य भइसकेको छ ।

 

कमेन्ट गर्नुहोस्